Overview

कैलाश पर्वतको  विशेष बर्णन:

कैलाश पर्वत हिन्दू देवता शिवको वासस्थान विशेष गरी हिन्दू, बौद्ध, जैन र अन्यका लागि विश्वको सबैभन्दा ठूलो तीर्थस्थल हो।

कैलाश पर्वत ६७१४ मिटर र मानसरोवर ताल समुद्र सतहबाट ४५०० मिटरको उचाइमा अवस्थित छ, यो तिब्बती पठारको सबैभन्दा उच्च उचाइमा छ। यो दक्षिण एशियाका सिन्धु, सतलज, ब्रह्मपुत्र र कर्णाली जस्ता पवित्र नदीहरूको स्रोत हो।

कैलाश पर्वतको प्राचीन रहस्य हिमालयको मुटुमा गाँसिएको छ र यो रहस्यमय ठाउँले लामो समयसम्म मानिसहरूलाई मोहित बनाइरहनेछ यस कैलाश पर्वत आकाश र धर्ती बीचको सम्बन्धको विन्दु रहेको मान्यता छ यसमा कुनै शंका छैन कि यो महान आध्यात्मिक महत्वको स्थान हो। हिन्दु धर्म अनुसार यस कैलाश पर्वतलाई एक पुरा परिक्रमा गर्दा जीवनको एक चक्र बराबरी, १२ पटक परिक्रमा गर्दा पछिल्लो जन्म  सहितको पाप समेत नाश हुने र १०८ पटक परिक्रमा गर्दा मानव जीवनबाट नै मोक्ष प्राप्त भई भगवानमा लिन वा भगवत्व प्राप्त हुनेछ भन्ने पौराणिक मान्यता रहेकोछ । पौराणिक कथन अनुसार देवगण, ऋषि गण, राक्षस गण, रावण, भस्मासुर, अन्धकासुर आदिले यही कैलाश मानसरोवरमा तपस्या गरी वरदान प्राप्त गरेका थिए । बौद्ध धर्मावलम्बीहरु खाङरिन्पोछे र जैन धर्मावलम्बीहरु मेरुङ पर्वतका नामले पुकार्ने गर्दछन् । जैन धर्मका पहिला तिर्थकर र सिख धर्मका गुरु नानकले पनि यो भूमिबाट कठिन तपस्या गरी मोक्ष प्राप्त गरेका थिए । आध्यात्मिक दृष्टिले बहुधार्मिक पवित्र देवः तपोभूमि रहँदै आएकोछ । कैलाश यात्रामा निस्कने विश्वका हजारौं यात्रीहरु धार्मिक आस्थाले होस या जिज्ञासाले  अत्यन्तै अभिरुचीका साथ भागलिने भएकोले यो यात्रा महत्वपूर्ण र प्रसिद्ध रही आएको छ । 

मानसरोवर तालको विशेष बर्णन:

​विश्वको सबैभन्दा उच्च स्थानमा अवस्थित पवित्र जलको भण्डार रहेको ताल नै मानसरोवर हो मानसरोवर शब्द मानस तथा सरोवरबाट बनेको शब्द हो जसको अर्थ मनको सरोवर भन्ने बुझिन्छ । समुद्र सतहबाट ४५००मीटर उचाईमा रहेको यस पवित्र सरोवरको क्षेत्रफल ३२० वर्ग कि.मि. फैलिएको छ ।  मानसरोवर ताल कैलाश पर्वतबाट ६१ कि.मि. दक्षिण दिशामा रहेको छ। मानसरोवरमा एकपटक डुबुल्की मार्दा सात जन्मको पाप नष्ट हुने र जल सेवन गर्नाले शिवत्त प्राप्त गर्छ भन्ने शास्त्रमा उल्लेख छ ।

मानसरोवरताल सँगै रहेको अर्को राक्षस (रावण) ताल जसमा लंकाका राजा, (शिवको महान भक्त) रावणले  घोर तपस्या गरी भगवान शिवबाट  अमररोत्व प्राप्त गरेका थिए । यहाँ कुनै पनि मानव, जीवजन्तु वा देवगणहरु राक्षस तालमा प्रवेश गरे पुनः पापको सागरमा डुब्नेछ भन्ने मान्यता छ । यही अशुद्ध सरोवर हुँदै बग्ने भएकोले आजसम्म पनि कर्णाली नदीको पूजा गरिएको पाइदैन । 

यो यात्रा साँच्चिकै शारीरिक रूपमा चुनौतीपूर्ण छ त्यसैले हामी सधैं यात्रीहरूको लागि सहज र जीवनभरको सम्झनाको यात्राको लागि सहज बनाउनेछौ ।

Highlights

कैलाश पर्वत हिन्दू देवता शिवको वासस्थान विशेष गरी हिन्दू, बौद्ध, जैन र अन्यका लागि विश्वको सबैभन्दा ठूलो तीर्थस्थल हो। कैलाश पर्वत ६७१४ मिटर र मानसरोवर ताल समुद्र सतहबाट ४५०० मिटरको उचाइमा अवस्थित छ, यो तिब्बती पठारको सबैभन्दा उच्च उचाइमा छ।

यो दक्षिण एशियाका सिन्धु, सतलज, ब्रह्मपुत्र र कर्णाली जस्ता पवित्र नदीहरूको स्रोत हो।

Itinerary

Day 1 - काठमाडौंदेखि नेपालगञ्जसम्मको यात्रा

काठमाडौंदेखि नेपालगञ्जसम्मको यात्रा

  • Hotel
  • 4:00pm
  • Dinner
  • 800 Mt
  • tours
  • 1hrs
Day 2 - नेपालगञ्जबाट सिमिकोट प्लेनमा जाने ४५ मिनेट र हेलिकप्टरबाट हिल्सा जाने २० मिनेटको यात्रा ३६०० मी.

नेपालगञ्जबाट सिमिकोट प्लेनमा जाने ४५ मिनेट र हेलिकप्टरबाट हिल्सा जाने २० मिनेटको यात्रा ३६०० मी.

  • Hotel
  • 2:00pm
  • Break fast, Lunch and dinner
  • 3450mt
  • Tours
  • 1:30 minutes
Day 3 - हिल्सादेखि ताक्लाकोटसम्मको यात्रा ३७०० मी.३५ कि.मि १ घण्टा

हिल्सादेखि ताक्लाकोटसम्मको यात्रा ३७०० मी.३५ कि.मि १ घण्टा

  • Hotel
  • 12:00PM
  • Break fast, Lunch and dinner
  • 3700mt
  • Tours
  • 2hrs
Day 4 - ताक्लाकोटबाट मानसरोवरसम्मको यात्रा, कैलाश पर्बत मानसरोवर र राक्षसतालको दृश्यावलोकन, ७० कि.मी.४५०० मी. १ घण्टा

ताक्लाकोटबाट मानसरोवरसम्मको यात्रा, कैलाश पर्बत मानसरोवर र राक्षसतालको दृश्यावलोकन, ७० कि.मी.४५०० मी. १ घण्टा

  • Guesthouse
  • 11:30am
  • Break fast, Lunch and dinner
  • 4500mt
  • Tours
  • 2hrs
Day 5 - मानसरोवरदेखि यमद्वार हँुदै देरापुकसम्म, कैलाश पर्वत पैदल यात्रा(परिक्रमा) शुभारम्भ १२ कि.मी ४९०० मी.६ घण्टा

मानसरोवरदेखि यमद्वार हँुदै देरापुकसम्म, कैलाश पर्वत पैदल यात्रा(परिक्रमा) शुभारम्भ १२ कि.मी ४९०० मी.६ घण्टा

  • Guesthouse
  • 4:00Pm
  • Break fast, Lunch and dinner
  • 4900mt
  • Trekking
  • 6hrs
Day 6 - देरापुकदेखि जुतुल्पुकसम्मको कैलास पर्बत पैदल यात्रा (परिक्रमा)जारी २२ कि.मी.४७९० मी.१० घण्टा

देरापुकदेखि जुतुल्पुकसम्मको कैलास पर्बत पैदल यात्रा (परिक्रमा)जारी २२ कि.मी.४७९० मी.१० घण्टा

  • Guesthouse
  • 4:00Pm
  • Break fast, Lunch and dinner
  • 4790mt
  • Trekking
  • 10hrs
Day 7 - तेस्रो दिनको छोटो पैदल यात्रा पछि बसबाट ताक्लाकोटसम्मको यात्रा १२० कि.मी. ३७०० मी. २ घण्टा

तेस्रो दिनको छोटो पैदल यात्रा पछि बसबाट ताक्लाकोटसम्मको यात्रा १२० कि.मी. ३७०० मी. २ घण्टा

  • Hotel
  • 2:00pm
  • Break fast, Lunch and dinner
  • 3700mt
  • Tours
  • 3hrs
Day 8 - ताक्लाकोटदेखि हिल्सा सिमिकोट हुँदै नेपालगन्ज सम्मकोयात्रा

ताक्लाकोटदेखि हिल्सा सिमिकोट हुँदै नेपालगन्ज सम्मकोयात्रा

  • Hotel
  • 4:00Pm
  • Break fast, Lunch and dinner
  • 800mt
  • Tours
  • 4hrs
Day 9 - नेपालगञ्जदेखि काठमाडौं यात्रा सम्पन्न

नेपालगञ्जदेखि काठमाडौं यात्रा सम्पन्न

Cost Details

Cost Includes

Cost Excludes

Video and Maps

Useful Info

प्रक्रिया तथा यात्राका लागि आवस्यक पर्ने कागजातहरु :

१:कम्तिमा एक महिना अघि अग्रिम बुकिङ, 

२: सक्कल राहदानी ६ महिना अवधी भएको, साथै एम आर पि साइजको फोटो २ प्रति ।

 

यात्राको लागी आवश्यक महत्वपूर्ण जानकारी : 

१:सबै यात्रुहरुले पासपोर्ट बोक्नु पर्नेछ। 

२: यात्रा कार्यक्रममा माथि उल्लेखित अनुसारको सेवा सुबिधामात्र प्रदान गरिने ।

३: प्राकृतिक प्रकोप,  हुल दङगाका कारणले  यात्रा लम्बिन गएमा लाग्ने थप खर्च यात्रु स्वयमले व्यहोर्नु पर्ने ।

४: मठ मन्दिर, सङ्ग्रालय प्रवेश शुल्क यात्रु स्वयमले तिर्नु पर्ने छ । 

५: ६०% अग्रिम भुक्तानी पश्चात मात्र यात्रा सुनिश्चित गरिन्छ ।

६: भई परि आउने कारणले कुल रकम परिर्वतन हुन सक्ने छ ।

७: व्यक्तिगत खर्चको लागी चाइनीज यान लीनु होला।

कैलाश जाने यात्रीको समान सुची:

थर्मोकोट -१, सुइटर – १, पन्जा – १, मोजा - ३, उनिको टोपी -१, घाममा लगाउने चस्मा -१, घाममा लगाउने कृम
/सनकृम)SPF 50 +) -१, रेनकोट -१, चिबिष्टिक -१, उलनको सट-२, पाइन्ट जिन्स /कटराइको -४, उलन को टाउजर
-२, जुत्ता -२ (Trekking & Normal) ,जाकेट -१, आफूले अनिवार्य प्रयोग गर्ने औषधी, चिसोमा लगाउने कृम -१,
काजु, किसमिस, बदाम, तौलिया/ तावल -१ , चप्पल -१, तातो पानी राख्ने बोतल २ लिटरको |

सञ्चारको प्रयोग:
चाइनामा सञ्चार सबै ठाँउमा उपलब्ध छ र चाइनामा प्रयोग गरिने सिमकार्ड किन्न र चलाउन सकिन्छ।

तापक्रम र मौसम: 
मे :५-१८ डिग्री सेल्सियस दिनको समय/०-१० डिग्री सेल्सियस रातिको समय।
जुन:८-२२ डिग्री सेल्सियस दिनको समय/१-११ डिग्री सेल्सियस रातिको समय।
जुलाई :१०-२२ डिग्री सेल्सियस दिनको समय/२-१२ डिग्री सेल्सियस रातिको समय।
अगस्ट :८-२२ डिग्री सेल्सियस दिनको समय/१-११ डिग्री सेल्सियस रातिको समय।
सेप्टेम्बर :७-१९ डिग्री सेल्सियस दिनको समय/०-१० डिग्री सेल्सियस रातिको समय।

Note

xx